logo-img

अफ्रिका कप अफ नेसन्समा मोरक्कोको सानदार जित

अफ्रिका कप अफ नेसन्समा मोरक्कोले सानदार जित निकालेको छ । बुधबार भएको खेलमा मोरक्कोले तान्जेनियाविरुद्ध ३–० गोल अन्तरको जित निकालेको हो ।  

खेलको ३० औं मिनेटमा रोमेन साइसले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । ७० औं मिनेटमा तान्जानिया १० खेलाडीमा समेटिएको थियो । नोभास्टास डिसमस दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाडेका थिए ।

पहिलो हाफमा एक गोल गरेको मोरक्कोले दोस्रो हाफमा दुई गोल थपेको थियो । ७७ औं मिनेटमा एजिदिन ओनाहीले गोल गरेपछि अग्रता दोब्बर बनेको थियो । ८० औं मिनेटमा युसुफ एन नेसिरीले गोल गरेपछि मोरक्कोले ३–० को सहज जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो ।

यही समूहमा रहेका जाम्बिया र कंगोले एक/एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । जाम्बिायका लागि किंग्स कांगवाले गोल गर्दै २३ औं मिनेटमा अग्रता दिलाएका थिए । तर, २७ औं मिनेटमा कंगोले गोल फर्काउँदै खेल बराबरी गरेको थियो । 

कंगोका लागि योएन वेएसाले बरबरी गोल गरे । समूह एफमा मोरक्को तीन अंकसहित शीर्ष स्थानमा रहँदा कंगो र जाम्बिाय एक/एक अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । तान्जानिया भने अंकविहीन अवस्थामा छ । 






  • प्रकाशित मिति : माघ ४, २०८० बिहीबार ९:३१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया