छ महिनासम्म बिदा नलिने प्रहरीलाई स्पष्टीकरण

जिल्ला प्रहरी कार्यालय खोटाङले बिदा नलिने प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । छ महिनासम्म बिदा नलिएको भन्दै पाँचजना प्रहरीसँग स्पष्टीकरण सोधिएको हो । 

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी पुरुषोत्तम खड्काका अनुसार प्रहरी सहायक हवल्दार सबिन थुक्लुङ लिम्बु, प्रहरी जवानहरू सागर राई, द्वारिका राई, रूपेश तामाङ र अनिल परियारलाई स्पष्टीकरण सोधिएको हो।

प्रहरीमा पछिल्लो समय नियमित बिदा लिनुपर्ने प्रावधान छ । सफ्टवेयर नै बनाएर प्रहरीले बिदालाई व्यवस्थित गरेको छ । 

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कँडेलले लामो समयसम्म घर नगएपछि पारिवारिक विचलन आउने देखिएपछि ५ जना प्रहरीलाई स्पष्टीकरण सोधिएको स्पष्ट पारे । 

घर नगएपछि प्रहरीहरू बरालिन्छन् कि भन्ने चिन्ताले पनि कमान्डरले स्पष्टीकरण सोधेको कँडेलले बताए । 
 





  • प्रकाशित मिति : माघ ४, २०८० बिहीबार २२:५५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया