logo-img

देखिने गरी विकास निर्माणको काम गरौँ : मुख्यमन्त्री जम्कट्टेल
फाइल फाेटाे

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले देखिने गरी विकास निर्माणको काम गर्न आग्रह गरेका छन् । आज आयोजित  भएको ‘प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध, योजना तर्जुमा र कार्यान्वयन सहजीकरण’ विषयक अन्तरक्रियामा स्थानीय तहका प्रमुखलाई निराशाको कुरा नगरी काम गर्दै अगाडि बढ्न आग्रह गरे । उनले नागरिकको सेवाका लागि काम गर्दा समन्वय र सहकार्य गर्न आग्रह गरे । 

अहिले व्यवस्था फेरिए पनि अवस्था नफेरिएको भनेर कतिपय स्थानीय तहका नेतृत्वले नै कुरा उठाउने गरेको भन्दै मुख्यमन्त्री जम्कट्टेलले त्यस्ता कुराले नागरिकमा झन् वितृष्णा पैदा हुने भन्दै अब व्यवस्था फेरिएसँगै अवस्थासमेत फेरिएको विषयलाई सकारात्मक ढङ्गले बुझाउँदै विकासका काममा अगाडि बढ्न आग्रह गरे । सङ्घीयतापछि स्थानीय तहमा विकास भएको तर उपभोग गर्ने नागरिक कम हुँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरे ।

ठूला र राष्ट्रिय गौरवका आयोजना सङ्घ सरकारले गर्ने, मझौला आयोजना प्रदेशले गर्ने र साना आयोजना स्थानीय तहले गर्ने प्रस्ट व्यवस्था भएको भन्दै उनले त्यसमा समन्वय र सहकार्य गरेर काम गर्ने परिपाटी कम भएको बताए । अहिले कतिपय विषयमा उठेका अधिकारका कुरा र बजेट विनियोजनको विषयमा तीनवटै तहको समन्वय र सहकार्यमा कमी भएर समस्या निस्केको उनको भनाइ छ । स्थानीय सरकारलाई कमजोर बनाउने नभई झन् बलियो बनाउँदै लैजानका लागि प्रदेश सरकार लागिरहेको उल्लेख गर्दै उनले पालिकाको नेतृत्वले पनि काम गर्ने शैली र सोच बदल्न आवश्यक रहेकामा जोड दिए । 

मुख्यमन्त्री जम्कट्टेलले सडक निर्माणका सन्दर्भमा प्रादेशिक सडक गुरुयोजना बनाएर काम गर्ने र अन्य पूर्वाधार विकासका लागि त्यसरी नै सहजीकरण गरेर काम गर्ने भएकाले त्यस विषयमा थप सुझाव भएमा बसेर छलफल गरी अगाडि बढ्ने उबताए ।  





  • प्रकाशित मिति : माघ ५, २०८० शुक्रबार २१:५६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया