logo-img

रुस नियन्त्रित युक्रेनी सहरमा बमबारी, २७ जनाको मृत्यु

रुसको नियन्त्रणमा रहेको युक्रेनी सहरमा भएको बम आक्रमणमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । डोनेट्स्क सहरको उपनगर टेकस्टिलहिकमा आइतबार बिहान हमला गरिएको जनाइएको छ ।

डोनेट्स्कमा रुसद्वारा नियुक्त शीर्ष अधिकारी डेनिस पुसिलिनले आक्रमणमा २७ को मृत्यु भएको र अन्य कम्तीमा २५ जना घाइते भएको बताएका छन् । युक्रेनी सेनाले आक्रमण गरेको उनको भनाइ छ ।

युक्रेनले यस विषयमा भने कुनै पनि टिप्पणी गरेको छैन । घटनास्थलमा आकस्मिक सेवाका कर्मचारीले उद्धार कार्य जारी राखेको पुसिलिनले बताए ।

यस्तै, रुसको किगीसेप बन्दरगाहमा रहेको टर्मिनलमा दुई वटा विस्फोटनपछि आगलागी भएको बताइएको छ । स्थानीय सञ्चारमाध्यमले उक्त बन्दरगाहमा युक्रेनी ड्रोनले आक्रमण गरेको र ग्यास ट्याङ्की विस्फोट भएको र आगो फैलाएको बताएको छ ।  
 





  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार ८:४१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया