logo-img

कमेडी 'च्याम्पियन'को तेस्रो संस्करण फागुन ३ देखि

आगामी फागुन ३ देखि कमेडी 'च्याम्पियन'को तेस्रो संस्करण प्रसारण हुने भएकाे छ । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने उक्त साेकाे बुधबार घाेषणा भएकाे हाे । 

थ्री प्रोडक्सनको प्रस्तुति रहने साेकाे निर्देशक विशाल भण्डारी हुन् । उनले तेस्राे संस्करणलाई अघिल्ला संस्करणभन्दा अझै उत्कृष्ट बनाइने दाबी गरे । 

तेस्राे संस्करणअन्तर्गत साेमा ३३ एपिसोड प्रस्तुत हुनेछ । साेको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ भने भोटिङ सहकार्य खल्तीसँग भएको छ । 

साेमा निर्णायकका रुपमा प्रदीप भट्टराई, सन्तोष पन्त, ऋचा शर्मा र मनोज गजुरेल नै रहनेछन् ।





  • प्रकाशित मिति : माघ १०, २०८० बुधबार १७:७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया