logo-img

अफ्रिका कप अफ नेसन्स : प्रिक्वाटरफाइनल खेल्ने १६ टिमको टुंगो लाग्यो

अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा पुग्ने सबै टिमको टुंगो लागेको छ । ६ वटा समूहबाट शीर्ष दुई टिमले सिधै अन्तिम १६ मा स्थान बनाउँदा बाँकी ४ टिम भने समूहका उत्कृष्ट तेस्रो स्थानमा रहनेले नकआउट चरणको यात्रा तय गर्न सफल भए ।

बुधबार राति भएको समूह ‘एफ’ का खेलसँगै अन्तिम १६ मा पुग्ने टिमको टुंगो लागेको हो । समूह ‘ए’ बाट इक्वेटोरियल गिनी र नाइजेरिया, समूह ‘बी’बाट केप भर्डे र इजिप्ट, समूह ‘सी’ बाट सेनेगल र क्यामरुन, समूह ‘डी’ बाट एंगोला र बुर्किना फासो, समूह ‘ई’ बाट माली र दक्षिण अफ्रिका, समूह ‘एफ’ बाट मोरक्को र कंगो राउन्ड अफ सिक्सटीनमा पुगेका छन् ।

यस्तै, समूहका तेस्रो स्थानमा रहने टिममा टिम ‘ए’ बाट आइभरी कोस्ट, समूह ‘सी’ बाट गिनी, समूह ‘डी’ बाट मौरिटेनिया र समूह ‘इ’ बाट नामिबियाले नकआउट चरणमा स्थान पक्का गरे । राउन्ड अफ सिक्सटीन (प्रिक्वाटरफाइनल) खेल शनिबारदेखि सुरु हुनेछ । 





  • प्रकाशित मिति : माघ ११, २०८० बिहीबार ९:५८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया