logo-img

बैंकको मनोमानी ब्याज फिर्ता हुनुपर्ने माग राख्दै मधेसमा आजपाको प्रदर्शन [तस्बिरहरू]

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले गरेको मधेस प्रदेश बन्दको आंशिक प्रभाव परेको छ । पार्टीले बैंकहरूले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्नेलगायतका माग गर्दै एक दिन मधेस बन्द घोषणा गरेको हो ।

बन्द गराउने भन्दै पार्टीका नेता कार्यकर्ता सडकमा उत्रिएर नारा–जुलुस गरेका छन् । मधेस प्रदेशका आठ जिल्लामा नै कार्यकर्ताले आन्दोलन गरिरहेका छन् । बन्दका क्रममा उत्रिएका केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

पक्राउ पर्नेमा आम जनता पार्टीका केन्द्रीय उपाध्यक्ष तथा संविधान सभा सदस्य तिलक थापा मगर, महासचिव उपेन्द्र साह, पार्टी प्रवक्ता तथा आई.टी.आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभूषण साह, सचिव समिना हुसेन, स्थायी कमिटी सदस्य तथा धनुषा इन्चार्ज श्रीलाल महासेठ, केन्द्रीय सदस्य तथा महोत्तरी अध्यक्ष विजयकुमार साह, आम महिला मोर्चाका केन्द्रीय अध्यक्ष बबिता साहलगायतका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार बन्द गराउन हिँडेका आजपाका ६५ भन्दा बढी नेता–कार्यकर्तालाई नियन्त्रणमा लिइएको हो । बैंकले मनोमानी ढंगले लिई रहेको ब्याज फिर्ता, लघुवित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउने लगायतका मागसहित आजपाले मधेस बन्दको आह्वान गरेको हो ।

आम जनताको भविष्य र देशको समृद्धिसँग खेलवाड भइरहेकाले बाध्य भएर आन्दोलित हुनुपरेको आजपाले जनाएको छ ।  

मधेसमा आजपाको प्रदर्शन :



 

 



 

 

  • प्रकाशित मिति : माघ ११, २०८० बिहीबार १२:४२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया