logo-img

मिसेस नेपाल–क्यानडाः प्रतिभा र नेतृत्वमार्फत महिला सशक्तीकरण
१० सशक्त सहभागीका साथ पहिलो संस्करण सुरु

नेपाली फेसन होमसँगको सहकार्यमा महिला शिक्षा तथा सीप विकास संस्थाको पहलमा मिसेस नेपाल–क्यानडा २०२४ प्रतिष्ठित प्रतियोगिताको पहिलो संस्करण क्यानेडामा आयोजना हुँदै छ ।

मिसेस नेपाल–क्यानडा २०२४ मा सशक्त १० जना सहभागीको दमदार प्रस्तुति रहने आशा गरिएको छ । मिसेस नेपाल–क्यानडा २०२४ मा सहभागी हुनेमध्ये पहिलो नम्बरमा सृष्टि श्रेष्ठ रहेकी छन् । यस्तै क्रमशः दोस्रो नम्बरमा एमी कर्माचार्य, तेस्रो नम्बरमा एलिसा राजभण्डारी, चौथो नम्बरमा एन्जिला श्रेष्ठ, पाँचौँ नम्बरमा प्रतिमा प्रधान श्रेष्ठ, छैटौँ नम्बरमा कृपा जोशी, सातौँ नम्बरमा शान्ता काफ्ले, आठौँ नम्बरमा श्याम लिम्बू, नवौँ नम्बरमा रश्मी थापा र दशौँ नम्बरमा रेविका वैद्य रहेकी छन् ।

प्रतियोगिताको महत्वपूर्ण भाग मिसेस ट्यालेन्ट सेगमेन्ट गत २३ जनवरीमा ओन्टारियोको ब्रामिलियामा सम्पन्न भएको थियो ।

प्रतियोगितामा उत्साह र विविधता थप्दै १० जना सहभागीले आ–आफ्नो अद्वितीय प्रतिभा प्रदर्शन गरेका थिए ।

मिसेस नेपाल– क्यानडा २०२४ प्रतियोगिता एक ‘सौन्दर्य प्रतियोगिता’ मात्र नभई यो शिक्षा र सीप विकासको माध्यमबाट महिलाहरूलाई सशक्तीकरण गर्न समर्पित प्लेटफर्म हो । यस प्रतियोगिताले नेतृत्व गुणलाई मध्यनजर गर्दै आयोजकले महिलालाई बाहिरी सौन्दर्यका लागि मात्र नभई उनीहरूको बौद्धिकता क्षमताका आधारमा चम्किने ठाउँ प्रदान गर्ने विश्वास लिएका छन् ।

मिसेस नेपाल क्यानडा २०२४ को ग्रान्ड फिनाले २८ जनवरी २०२४ मा ब्राम्पटन, ओन्टारियोको स्पेरान्जा कन्भेन्सन सेन्टरमा हुने तय गरिएको छ । यो ग्लैमर, प्रतिभा र उत्सवले भरिएको हुने आशा आयोजकहरूले लिएका छन् । 



प्रतियोगिताको प्रमुख प्रायोजकमध्ये हब इन्टरनेसनल एजुकेसन पनि एक हो । जसले मिसेस अनुशासनको लागि शीर्षक प्रायोजन पनि गर्दछ । हब इन्टरनेसनल एजुकेसनले व्यक्तिगत र व्यावसायिक विकासको यात्रामा अनुशासनलाई महत्वपूर्ण  विशेषताको रूपमा औँल्याउँदै १० मध्ये उत्कृष्ट एकजना सहभागीलाई ‘मिसेस अनुशासन’को उपाधि प्रदान गर्नेछ ।

हब इन्टरनेसनल एजुकेसनले थप सम्मानको रूपमा मिसेस नेपाल–क्यानडा २०२४ को विजेतालाई सद्भावना दूतको रूपमा मनोनीत गर्नेछ ।



जसले शिक्षा र सशक्तीकरणमा सहयोग गर्ने प्रतिबद्धतालाई जोड दिनेछ । हब इन्टरनेसनल एजुकेसनले सबै सहभागीलाई शुभकामना व्यक्त गरेको छ । 

मिसेस नेपाल–क्यानडा २०२४ कार्यक्रम प्रतियोगिता मात्र होइन, यो नारित्व, प्रतिभा र सशक्तीकरणको उत्सव हो ।

  • प्रकाशित मिति : माघ ११, २०८० बिहीबार १५:५५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया