logo-img

अध्यागमनका कर्मचारी-प्रहरीबीच भएको कुटपिटसम्बन्धमा छानबिन गर्न समिति गठन
फाइल तस्बिर

गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीबीच भएको घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ ।

आज दिउँसो भएको उक्त घटनाका सम्बन्धमा  छानबिन गर्नका लागि मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोला तथा सीमा तथा अध्ययागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य रहेको समिति गठन भएको हो । 

समितिलाई तीन दिनभित्र रायसहितको प्रतिवेदन पेस गर्न कार्यादेश छ । 





  • प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार २१:४७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया