logo-img

मैले अहिलेसम्म आक्षेप र टकराबको राजनीति गरेको छैन, म नेता बन्न नै बाँकी छ : मन्त्री खड्का
फाइल तस्बिर

उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफूले अहिलेसम्म टकराबको राजनीति नगरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कलेन्द्र सेजुवालद्वारा लिखित पुस्तक फल्स फ्रन्ट पेजको विमोचन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले आजका दिनसम्म आफूले सामाजिक सञ्जालबाट आक्षेपको राजनीति नगरेको जिकिर गरे । उपप्रधानमन्त्री खड्काले नेताहरूको आफ्नै पत्रपत्रिका र सञ्चरमाध्यमहरु रहेको कुरा आएको भन्दै नेपालका सञ्चारमाध्यममा आफ्नो लगानी र आफ्नै सञ्चारमाध्यम नरहेको बताए । उनले आफू अझै नेता हुन बाँकी नै रहेको आभास भएको बताए । 

उपप्रधानमन्त्री खड्काले संविधान निर्माणको अन्तिम चरणमा जाँदा प्रत्येक शीर्ष नेताहरूको बैठकमा ९९.९९ प्रतिशत सबै निर्णायक चरणमा सहभागी हुने कर्णालीको नागरिक आफू रहेको दाबी गरे ।  





  • प्रकाशित मिति : माघ १३, २०८० शनिबार १०:५७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया