logo-img

निर्वाचन आयाेगकाे निर्णयविरुद्ध जसपा नेपाल कानुनी उपचारमा जाने

सत्ता खिचातानीका कारण विभाजन भएकाे जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने भएकाे छ। 

साे पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंगलबार पार्टी कार्यालयमा शीर्ष नेताहरूसँग अनौपचारिक छलफल गरेका थिए । छलफलबाट कानुनी उपचार खोज्ने निर्णय भएको पार्टीका प्रवक्ता मनीष समुनले जानकारी दिए ।

अध्यक्ष यादव विदेश भ्रमणमा रहेका बेला अशाेक राइकाे नेतृत्वमा सात सांसदले निर्वाचन आयाेगमा दल दर्ताकाे निवेदन दिएका थिए । आयाेगले नयाँ पार्टीलाइ मान्यता दिएपछि यादव पक्ष कानुनी उपचारमा जान लागेकाे हाे । 

दल विभाजनसम्बन्धी कानुन नै नभएको अवस्थामा निर्वाचन आयोगले पार्टीको मान्यता दिएको निष्कर्ष निकाल्दै जसपा नेपाल न्यायका लागि अदालत जाने निष्कर्षमा पुगेको प्रवक्ता सुमनले बताए ।

पार्टीमाथि राज्यकै तर्फबाट षड्यन्त्र भएकाले बुधबार यस विषयमा कानुनी परामर्श लिएर कानुनी उपचारमा जाने अवस्था आएको उनले बताए । पार्टीको आधिकारिकता दिँदा थुप्रै ठाउँमा कानुनी त्रुटि भएकाे दाबी गर्दै उनले यसका लागि कानुनविज्ञसँग छलफल भइरहेको बताए ।

जसपाले पार्टी विभाजनका विषयमा पार्टीकाे आधिकारिक धारणाबारे जानकारी गराउन बुधबार पत्रकार सम्मेलनको समेत आयोजना गरेकाे छ ।





  • प्रकाशित मिति : वैशाख २५, २०८१ मंगलबार १९:१०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया