logo-img

पुनरागमन जित निकाल्दै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा
फाइल तस्बिर

स्पेनिस फुटबल क्लब रियल मड्रिड लालिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा लास पालमसलाई २–१ गोल अन्तरले हराउँदै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । 

रियलको २१ खेलबाट ५४ अंक भएको छ भने दोस्रो स्थानमा झरेको जिरोनाको समान खेलबाट ५२ अंक रहेको छ । लास पालमसले आफ्नै मैदानमा सुरुआती अग्रता लिएको थियो । तर, अग्रता जोगाउन नसक्दा नतिजा रियललाई सुम्पन पुग्यो ।

जेभियर मुनोज जिमेनेजले गोल गर्दै ५३ औं मिनेटमा अग्रता दिलाएका थिए । ६५ औं मिनेटमा रियलका भिनिसियस जुनिएरले गोल गर्दै रियललाई बराबरीमा ल्याए ।

८४ औं मिनेटमा ओरेलिन चुवामानीले गोल गर्दै रियललाई २–१ को जित पक्का गराए । रियलसँग पराजित भएको लास पालमस भने तालिकाको नवौँ स्थानमा रहेको छ ।






  • प्रकाशित मिति : माघ १४, २०८० आइतबार ९:५४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया