logo-img

वेस्ट इण्डिजले अस्ट्रेलियालाई ८ रनले हरायो, जोसेफ एक्लैले लिए ७ विकेट

अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिजको दोस्रो खेल पाहुना टोली वेस्ट इण्डिजले ८ रनले जितेको छ । योसँगै सिरिज १–१ को बराबरीमा सकिएको छ । अस्ट्रेलिया पहिलो खेलमा १० विकेटले विजयी भएको थियो ।  

दोस्रो खेलमा २ सय १६ रनको लक्ष्य पछ्याउनेक्रममा अस्ट्रेलिया पाँचौं दिनको खेल सकिन आधा बाँकी रहँदै २ सय ७ रनमै अलआउट भयो । उसका लागि स्टिभ स्मिथले १४६ बलमा ९ चौका र एक छक्कासहित अविजित ९१ रन बनाए ।

अस्ट्रेलियालाई सस्तैमा समेट्नेक्रममा वेस्ट इण्डिजका युवा तीव्र गतिका बलर शमर जोसेफ एक्लैले सात विकेट लिए । 

करियरको दोस्रो टेस्ट खेलेका उनले ११.५ ओभरमा ६८ रन दिएर ७ विकेट लिएका हुन् । पहिलो इनिङमा अस्ट्रेलिया २ सय ८९ तथा वेस्ट इण्डिज ३ सय ११ रनमा अलआउट भएको थियो ।

यस्तै, वेस्ट इण्डिज दोस्रो इनिङमा १९३ रनमै समेटिएको थियो । वेस्ट इण्डिजलाई जित दिलाउनेक्रममा ‘नायक’ साबित भएका जोसेफ प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज घोषित भए ।    





  • प्रकाशित मिति : माघ १४, २०८० आइतबार १३:३२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया