logo-img

पाथीभरा मन्दिरमा तामाको स्वागतद्वार बनाउने निर्णय
फाइल तस्बिर

ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिर क्षेत्रमा तामाको स्वागतद्वार बन्ने भएको छ । पाथीभरा क्षेत्र विकास समितिले भेटीमा चढाएको तामाबाट क्षेत्र विकास समितिले तीर्थालुका लागि स्वागतद्वार बनाउने निर्णय गरेको हो । 

समितिका अध्यक्ष रक्की थेबेले मन्दिरमा संकलन भएको तामाबाट स्वागतद्वार बनाउने निर्णय भएको बताए । समितिका अनुसार मन्दिरमा ६ हजार ५ सय ३९ किलो तामा संकलन भएको छ ।  

‘बिक्री गरेर आम्दानी बाँध्ने या प्रयोग गर्ने भन्ने विषयमा छलफल भएको थियो,’ हाङवाङले भने, ‘क्षेत्र विकास समितिको बैठक र अन्य संघसंस्थाको सुझाव प्रयोग गरौँ भन्ने आएकोले स्वागतद्वार बनाउने तयारी भएको हो ।’

यसअघि पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले माथिल्लो फेदीमा पनि तामाकै द्वार निर्माण गरेको छ । 





  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार १०:३२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया