logo-img

पूर्वप्रेमी जस्टिनमाथि गरेको टिप्पणीप्रति ब्रिटनीले मागिन् माफी

अमेरिकी गायिका ब्रिटिनी स्पीयर्सले आफ्नो बायोग्राफी ‘द वुमन इन मी’मा पूर्वप्रेमी जस्टिन टिम्बरलेकमाथि गरेको टिप्पणीप्रति माफी मागेकी छन् ।

ब्रिटनीले पुस्तकमा जस्टिनले आफू ‘बाबु बन्न नचाहेको’ भन्दै गर्भपतन गराउन भनेको र ‘अर्को सेलिब्रेटी’ का लागि आफूलाई ‘धोका’ दिएको आरोप लगाएकी थिइन् । तर, सोमबार ब्रिटनीले एनबीसीको सेटरडे नाइट लाइभ कार्यक्रममा जिमी फलोनसँग जस्टिनको गीत गाएको भिडियो क्लिप इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् ।

उनले भिडियो क्लिपसँगै ‘मैले मेरो पुस्तकमा लेखेका केही चिजहरूप्रति म माफी माग्न चाहन्छु’ लेखेकी थिइन् । उनले लेखेकी छन्, ‘यदि मैले साँच्चिकै ख्याल गर्ने मानिसहरूलाई ठेस पुर्‍याएको छु भने म गहिरो माफी चाहन्छु । म यो भन्न चाहन्छु कि म जस्टिन टिम्बरलेकको नयाँ गीत ‘सेल्फिस’सँग प्रेममा छु । यो धेरै राम्रो छ– र जस्टिन र जिमीलाई सँगै देख्दा म कसरी धेरै हाँस्छु ?’  

स्पियर्सले यही नामको गीत सन् २०११ मा रिलिज गरेकी थिइन् । ब्रिटनीका केही फ्यानले जस्टिनको नयाँ गीतभन्दा ब्रिटनीको ‘सेल्फिस’ ट्रयाकलाई चार्टको उच्च स्थानमा पुर्‍याउन अभियान नै चलाएका थिए ।

स्पियर्सले १७ वर्षको उमेरमा सन् १९९९ देखि २००२ सम्म एनसिंह गायक जस्टिनसँग डेट गरेकी थिइन् । उनी गर्भवती भएपछि गर्भपतन गराउनु सही निर्णय हो कि भनेर अनिश्चित भएको कुरा ‘बेबी वान मोर टाइम’ गायिकाले सन् २०२३ मा प्रकाशित आफ्नो बायोग्राफीमा लेखेकी छन् ।

‘यदि यो मलाई एक्लै छोडिएको भए, म यो कहिल्यै गर्ने थिइनँ’, उनले लेखेकी थिइन्, ‘र अझै पनि जस्टिन यति पक्का थिए कि उनी बुबा बन्न चाहँदैनन् ।’ ब्रिटनीले जस्टिनलाई आरोप लगाएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका थिए । जसकारण केही समयका लागि जस्टिनले इन्स्टाग्राम नै बन्द गर्नुपरेको थियो ।



उनले सार्वजनिक रुपमा कुनै प्रतिक्रिया जनाएका थिएनन् । तर, सन् २०२१ मा उनले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफ्नो धारणा सार्वजनिक गरे । ‘म बुझ्छु कि म यी क्षणहरूमा र अरू धेरैमा कमजोर भएँ र दुर्व्यवहार र जातिवादलाई समर्थन गर्ने प्रणालीबाट फाइदा उठाएँ’, उनले लेखेका थिए, ‘म विशेष गरी ब्रिटनी स्पीयर्स र जेनट ज्याक्सन दुवैलाई व्यक्तिगत रूपमा माफी माग्न चाहन्छु, किनकी म यी महिलाहरूको ख्याल राख्छु र सम्मान गर्छु र मलाई थाहा छ, म असफल भएको छु ।’

स्पीयर्सले तीन पटक विवाह गरिन् र दोस्रो पति डान्सर केभिन फेडेरलाइनबाट उनका दुई सन्तान छन् । गायिकाले पुस्तकमा आफ्नो विवादास्पद संरक्षकत्वलाई दस्तावेजीकरण गरेकी छन् ।



ब्रिटनीले आफूलाई ‘बाल रोबोट’ भन्दै आफ्नो पिताले आफूलाई ‘ब्रिटनीको व्यक्तिगत र व्यावसायिक मामलामा कानुनी नियन्त्रण ग्रहण गरेको’ दाबी गरेको पुस्तकमा उल्लेख गरेकी छन् । गत साता मात्र ब्रिटनीले अब आफू संगीत उद्योगमा कहिल्यै नफर्किने घोषणा गरेकी थिइन् । 

  • प्रकाशित मिति : माघ १६, २०८० मंगलबार ११:२९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया