इजरायलले अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्नुपर्छ : साउदी विदेशमन्त्री

साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले इजरायललाई अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आग्रह गरेका छन् ।

साउदी राज्यको स्वामित्वमा रहेको अल अरबिया न्युज च्यानलकाअनुसार उनले आफ्नो इजिप्टका समकक्षी समेह शौकरीसँग कायरोमा संयुक्त पत्रकार सम्मेलनको क्रममा यस्तो टिप्पणी गरेका हुन् ।

जसमा दुवैले गाजा पट्टीमा युद्धविराम गर्न आह्वान गरे । इजरायलले गाजाको मानवीय अवस्थाको बारेमा अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) को निर्णयलाई अस्वीकार गरेकोमा बोल्दै उनले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय मानवीय कानुनहरू इजरायलमा जस्तै अरूलाई लागू हुनुपर्नेमा जोड दिए ।

साउदीले साउदी अरेबिया र अन्य अरब राष्ट्रहरूले प्यालेस्टिनी जनताको सुरक्षाका लागि दबाब जारी राख्ने बताएको छ । 





  • प्रकाशित मिति : माघ १६, २०८० मंगलबार ११:३६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया