logo-img

अमेरिकाको कंग्रेसमेनमा ह्यारी भण्डारीद्वारा उमेदवारी घोषणा

अमेरिकाकाे मेरिल्याण्ड राज्यमा नेपाली मूलका पहिलो डेलिगेट डा. ह्यारी भण्डारीले अमेरिकी सङ्घीय संसद्को तल्लो सदन कंग्रेसमा डिष्ट्रिक २ बाट उमेदवारीको घोषणा गरेका छन् ।   

उनको उमेदवारीले सोमबारबाट औपचारिकरूपमा प्रवेशसमेत गरेको छ । भण्डारीले डेमोक्र्याट पार्टीका तर्फबाट आगामी मे १४ मा हुने प्रारम्भिक निर्वाचनका लागि चुनावी अभियान घोषणा गरेको बताए । 

अमेरिकाको मूलधारको राजनीतिमा एक दशकदेखि सक्रिय रहेका भण्डारीले आफ्नो राजनीतिक यात्रालाई सङ्घीय इकाईतर्फ अगाडि बढाएका हुन् । कंग्रेसमेनको रूपमा उमेदवारी घोषणा गरेका भण्डारीले पार्टीको आन्तरिक प्रतिस्पर्धामा हुने उक्त निर्वाचनमा विजयी भएको खण्डमा आगामी नोभेम्बरमा हुने चुनावमा डेमोक्र्याट पार्टीको तर्फबाट उमेदवार हुन पाउनेछन् । 

यसपटक मेरिल्याण्ड राज्यमा दुईजना कंग्रेसमेनले निर्वाचन नलड्ने घोषणा गरेले यसलाई खुला सिटको रूपमा लिइएको छ । ह्यारीले उमेदवारी दिन लागेको स्थान उनले डेलिगेटमा दुईपटक विजयी भइसकेको स्थानमा पर्दछ ।

तसर्थ ह्यारी यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिसमेत भएका छन् । तर, डेमोक्र्याट पार्टीभित्रका हस्तीसमेत निर्वाचनमा होमिएकाले ह्यारीले निर्वाचनमा कडा प्रतिस्पर्धाको सामना भने गर्नुपर्नेछ ।  

 ‘टिचर फर कंग्रेसमेन’ भन्ने नारा तय गरिएको ह्यारीको चुनावी अभियान करिब एक सय दिनसम्म चल्नेछ । 





  • प्रकाशित मिति : माघ १६, २०८० मंगलबार १४:२५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया