logo-img

दुई देशको अध्ययनले भन्यो : ७१ प्रतिशत संगीतकार एआईसँग डराउँछन्
प्रतीकात्मक तस्बिर

दुई तिहाइभन्दा धेरै सङ्गीतकारलाई कृत्रिम बौद्धिकता (एआई) का कारण जीवनयापन गर्न असम्भव हुने डर रहेको फ्रान्सेली र जर्मन सङ्गीत समाजको अध्ययनले देखाएको छ ।  

सङ्गीत उद्योगमा १५ हजारभन्दा बढी व्यक्तिको सर्वेक्षणका आधारमा फ्रान्सको लेखक, सङ्गीतकार र सङ्गीत प्रकाशकहरूको समाज (सेसेम) र यसको जर्मन समकक्षी जिइएमएले ७१ प्रतिशत उत्तरदाताले अब उनीहरूले भविष्यमा गुजारा गर्न नसक्ने जवाफ दिएको बताएका छन् । 

सर्वेक्षणमा ३५ प्रतिशतले पहिलादेखि नै ‘सङ्गीत निर्माणसँग सम्बन्धित क्षेत्रहरूको ठूलो सङ्ख्या’ मा एआई प्रयोग गरिरहेको पाइएको छ । यद्यपि प्रतिवेदनले बजार विश्लेषण र विशेषज्ञहरूसँग पनि गरेको अन्तर्वार्तामा सन् २०२८ सम्ममा आम्दानीमा २७ प्रतिशतले कमी आउने अनुमान गरेको छ । यो करिब दुई अर्ब ७० करोड युरो (२ अर्ब ९० करोड अमेरिकी डलर) बराबर हो । 

करिब ९५ प्रतिशतले एआई उपकरण विकास गर्ने कम्पनीहरूसँग थप पारदर्शिताको माग गरेका छन् । त्यति नै सङ्ख्यामा उनीहरूले राजनीतिज्ञहरूले एआई र प्रतिलिपि अधिकारसँग सम्बन्धित चुनौतीहरूमा धेरै ध्यान दिउन् भन्ने चाहेका छन् । 

सेसेमका प्रबन्ध निर्देशक सेसिल राप–भेबरले यो एआई गतिविधिलाई ‘सुस्त’ बनाउने नभइ यसलाई सद्गुणी बनाउने प्रश्न भएको बताए । प्रतिवेदनमा उनले भने, ‘हामी एआईद्वारा उत्पन्न सामग्री पहिचान गर्ने उद्देश्यले प्राविधिक समाधान लागू गर्नका लागि यस क्षेत्रमा खेलाडीहरूसँग सक्रियरूपमा काम गरिरहेका छौँ ।’  





  • प्रकाशित मिति : माघ १७, २०८० बुधबार ७:४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया