logo-img

साउदीलाई पेनाल्टीमा हराउँदै दक्षिण कोरिया एसियन कपकाे क्वाटरफाइनलमा
फाइल तस्बिर

साउदी अरेबियालाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै दक्षिण कोरिया कतारमा जारी एएफसी एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा निर्धारित र अतिरिक्त समयको खेल एक/एक गोलको बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो । जसमा दक्षिण कोरिया ४–२ गोल अन्तरले विजयी भएको हो । 

दक्षिण कोरिया हार नजिक पुगेको अवस्थामा दोस्रो हाफको अतिरिक्त यमयको अन्तिम मिनेटमा गोल गर्दै खेल लम्बाएको थियो । ४६ औँ मिनेटमा साउदी अरेबियाका अब्दुल्लाह रडिफले गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुमै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अब्दुल्लाहले गोल गर्दै सनसनी मच्चाए ।

दोस्रो हाफको अतिरिक्त नवौं मिनेटमा दक्षिण कोरियाका चो गुए संगले बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेले । त्यसपछिको ३० मिनेटमा पनि थप गोल ननिस्किएपछि पेनाल्टीको सहारा लिनु परेको थियो । जसमा दक्षिण कोरिया ४–२ गोल अन्तरले विजयी हुँदै अन्तिम ८ मा स्थान सुरक्षित गर्न सफल भयो । दक्षिण कोरियाले सेमिफाइनल प्रवेशका लागि शुक्रबार अस्ट्रेलियासँग खेल्नेछ ।
 






  • प्रकाशित मिति : माघ १७, २०८० बुधबार ७:४३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया