logo-img

जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवको तयारी पूरा
फाइल तस्बिर

बिहीबारदेखि सुरु हुने चौथो जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको छ । मैथिली विकास कोषद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा कोषका अध्यक्ष जीवनाथ चौधरीले सम्मेलनको व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
 
जनकपुरधामस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा बिहीबारदेखि यही माघ २२ गतेसम्म सञ्चालन हुने पाँच दिवसीय महोत्सवमा साहित्य, कला, राजनीतिक, सामाजिक तथा इतिहाससँग सम्बन्धित विभिन्न २० विषयमा विमर्श, चित्रकला, पुस्तक, मिथिला भोजन प्रदर्शनीलगायत कार्यक्रम तय भएको अध्यक्ष चौधरीले बताए ।

त्यसैगरी महोत्सवमा नेपाल र भारतका कलाकारद्वारा मैथिली, नेपाली, हिन्दी, असामी र बङ्गाली गरी पाँच भाषामा आठ नाटक पनि प्रदर्शन गरिनेछ । महोत्सवको उदघाटन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले र समापन मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गर्नेछन् । 

कोषले विसं २०७३ देखि हरेक दुई वर्षमा महोत्सव आयोजना गर्दै आएको छ । मैथिली विकास कोष, मधेस प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय आयोजक र जनकपुरधाम उपमहानगरपालिका सहआयोजक रहेको महोत्सवको लागत करिब ५२ लाख रुपैयाँ अनुमान गरिएको जनाइएको छ । महोत्सवमा नेपाल र भारतका करिब तीन सय वक्ता र कलाकर्मी लगायतको सहभागिता रहने पनि आयोजकले जनाएको छ ।  





  • प्रकाशित मिति : माघ १७, २०८० बुधबार १४:१६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया