बंगलादेशविरुद्ध दबाबमा नेपाल, सस्तैमा गुमायो तीन विकेट
फाइल तस्बिर

दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा बंगलादेशविरुद्ध नेपालले तेस्रो विकेट पनि सस्तैमा गुमाएको छ । नेपालले तेस्रो विकेटको रूपमा ओपनिङ ब्याटर अर्जुन कुमाललाई गुमाएको हो । 

उनी ८.३ ओभरमा १४ रनमा क्याच आउट भएका हुन् । अर्जुनलाई रोहनत डोलाह बोर्सनले पवेलियन फर्काए । नेपालले दोस्रो विकेटको रूपमा आकाश त्रिपाठीलाई गुमायो ।  

१३ बलको सामना गरेका उनी आज तीन रनमै आउट भए । आकाश ७.५ ओभरमा इकबाल हुसेन इम्मोनको बलमा क्याच आउट भए । नेपाल पहिलो विकेटको रूपमा विपिन रावललाई गुमाउन पुग्यो ।  

१२ बलको सामना गरेका उनले आज २ रन मात्र जोड्न सके । विपिन ३.५ ओभरमा मारुफ मृधाको बलमा क्याच आउट भए । नेपालले आज टस जितेर पहिला ब्याटिङ गरिरहेको हो । 

नेपालले बंगलादेशविरुद्ध प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले आज दीपकप्रसाद डुम्रे र तिलक भण्डारीलाई विश्राम दिएर अलराउन्डर विशालविक्रम केसी र तीव्र गतिका बलर दुर्गेश गुप्तालाई प्लेइङ–११ मा मौका दिएको हो । विशाल जारी विश्वकपमा पहिलो खेल खेलिरहेका हुन् ।   

जारी विश्वकपमा नेपालको सेमिफाइनल सम्भावना सकिएको छ । बंगलादेशको भने झिनो आशा कायमै छ । उसले अब दुवै खेलमा जित निकालेर अन्य टिमको नतिजामा पनि भर पर्नुपर्ने छ । 



बंगलादेशले समूह चरणबाट दुई अंक जोडेर सुपर सिक्सको यात्रा गरेको थियो । समूह ‘वान’बाट भारतले सेमिफाइनलको यात्रा गर्ने लगभग पक्का भएको छ । पाकिस्तानको पनि सेमिफाइनल पुग्ने सम्भावना बलियो छ ।  



  • प्रकाशित मिति : माघ १७, २०८० बुधबार १४:३९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया