logo-img

विमलेन्द्र निधिको खुलासा : अबको प्रधानमन्त्री माधव नेपाल, त्यसपछि देउवा

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले अबको प्रधानमन्त्री माधवकुमार नेपाल हुने ठोकुवा गरेका छन् । बुधबार प्रेस युनियन दाङ शाखाले घोराहीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन आगामी २०८४ सालसम्मै टिक्ने दाबी गरे । 

सत्तारुढ दलबीच भएको सहमतिअनुसार अबको प्रधानमन्त्री नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल हुने बताए । गठबन्धनमा भएको सहमति अक्षरशः कायम गर्दै गठबन्धन टिकाउनुको विकल्प नरहेको उनले बताए । 

पहिलो चरणमा नेकपा (माओवादी केन्द्र)बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’,दुई वर्ष, दोस्रो चरणमा नेकपा (एस)बाट अध्यक्ष नेपाल एक वर्ष र त्यसपछिको बाँकी दुई वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने र चुनाव गर्ने सहमति रहेको निधिले खुलासा गरे । 





  • प्रकाशित मिति : माघ १७, २०८० बुधबार २१:३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया