logo-img

यस्ता छन् जाडोमा सलगमको तरकारी खानुका​ फाइदा

जाडो मौसममा धेरै प्रकारका तरकारी पाइन्छ । जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यी मध्ये एक हो, सलगम । जुन मौसमी रोगहरूबाट बचाउन मद्दत गर्दछ । 

यसको सेवनले शरीरमा भिटामिन सी, भिटामिन के, पोटासियम जस्ता पोषक तत्त्वको कमी हट्छ । दैनिक यसलाई आफ्नो आहारमा समावेश गर्दा धेरै नै फाइदा हुन्छ ।

यसलाई सलाद, तरकारीको वा जुस जुन तरिकाबाट पनि सेवन गर्न सकिन्छ । यसका फाइदा धेरै प्रकारका छन्, तीमध्ये केही फाइदाबारे यहाँ चर्चा गरिएको छ ।

उच्च रक्तचापका बिरामीका लागि सलगम निकै फाइदाजनक हुन्छ । यसमा नाइट्रेट पाइन्छ । जसले स्वास्थ्यलाई धेरै किसिमले फाइदा गर्छ । यसले उच्च रक्तचापलाई सामान्य बनाउन मद्दत गर्छ । 

आँखाका लागि फाइदाजनक सलगममा एन्टिअक्सिडेन्टको मात्रा उच्च हुन्छ । यसमा पाइने ल्युटिन आँखाका लागि फाइदाजनक हुन्छ । यसको सेवनले आँखा स्वस्थ राख्छ । यसका अलावा मोतीबिन्दु र म्याकुलर डिजेनेसन जस्ता समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । 

सलगमले तौल घटाउन मद्दत गर्छ । शरीरको तौल घटाउन सलगम लाभदायी मानिन्छ । यसको सेवनले मेटाबोलिजम बढ्छ । जसले गर्दा तौल घट्छ । यसमा पाइने लिपिडले शरीरमा जम्मा भएको बोसोलाई कम गर्छ । 



पाचनका लागि लाभदायक सलगम फाइबरको समृद्ध स्रोत हो । यो खाँदा पाचन सम्बन्धी समस्याबाट मुक्ति मिल्छ । यसको सेवनले कब्जियतबाट छुटकारा पाउन सकिन्छ भने धेरै भोग लाग्न पनि दिँदैन । 

मुटुको स्वास्थ्यलाई बढवा दिन्छ सलगममा भिटामिन के पर्याप्त मात्रामा पाइन्छ । यसलाई मुटुको स्वास्थ्यका लागि निकै फाइदा जनक मानिन्छ । 



यसको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा पनि बढ्छ । गर्भवती महिलाहरूका लागी लाभदायक सलगम भिटामिन बि९ को एक समृद्ध स्रोत हो । जुन गर्भवती महिलाका लागि आवश्यक हुन्छ । यो आमा र गर्भमा रहेको बच्चाको लागि धेरै लाभदायीक छ । 

  • प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार ७:९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया