logo-img

रियल मड्रिड लालिलाको शीर्ष स्थानमा

स्पेनिस लालिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा फर्किएको छ । यसअघि १ अंकले पछि रहेको रियल बिहीबार रातिको खेलमा गेटाफेलाई २–० गोल अन्तरले पराजित गर्दै रियल तालिकाको शीर्ष  स्थानमा फर्किएको हो । 

रियल अहिले दोस्रो स्थानको जिरोनाभन्दा २ अंकले अगाडि छ । रियलको ५७ अंक हुँदा जिरोनाको ५५ अंक रहेको छ । रियलको जितमा दुवै गोल जोसेलुले गरेका थिए ।

१४ औँ मिनेटमा जोसेलुले लुकासको पासमा गोल गर्दै रियललाई अग्रता दिलाए । ५६ औँ मिनेटमा जोसेलुले भिनिसियस जुनियरको पासमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

सोही अग्रता रियलले अन्तिमसम्म कायम राख्दै तालिकामा ३ अंक थप्न सफल भयो । पराजित भएको गेटाफे भने १० औँ स्थानमा छ । 





  • प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार ९:२९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया