प्रधानमन्त्री कप : उपाधिका लागि आर्मीद्वारा पुलिससामु १८२ रनको लक्ष्य प्रस्तुत

छैटौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसामु जितका लागि १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको आर्मीले ४९.५ ओभरमा अलआउट हुँदै १८१ रन बनाएको हो । आर्मीका लागि विवेक यादवले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले । 

त्यस्तै, सोमपाल कामीले ३९, इमरान शेख २८, कुशल मल्ल १७ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । पुलिसका ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले तीन–तीन विकेट लिँदा सागर ढकाल, कुशल भुर्तेल र करण केसीले एक विकेट लिए । पुलिस अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
 





  • प्रकाशित मिति : माघ २०, २०८० शनिबार १४:१२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया