logo-img

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो रियल मड्रिड

स्पेनिस लालिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिड एथ्लेटिको डि मड्रिडसँग बराबरीमा रोकिएको छ । लिग तालिकामा रियल शीर्ष स्थानमा छ भने एथ्लेटिको चौथो स्थानमा छ । आइतबार राति भएको खेलमा रियल र एथ्लेटिको १–१ गोलको बराबरी खेले । 

रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउमा भएको खेलमा २० औं मिनेटमा ब्रहिम डियाजको गोलले रियलले अग्रता बनाएको थियो । तर, निर्धारित समयपछि थप गरिएको समयमा एथ्लेटिकोका मार्कोस लोरेन्टीले बराबरी गोल गरेका थिए । 

रियलले २३ खेलबाट ५८ अंक जोडेको छ भने समान खेलबाट एथ्लेटिकोले ४८ अंक बनाएको छ । ला लिगामा आइतबारका खेलमा भिल्लारियल र काडिजले गोलरहित बराबरी खेलेका छन् भने ओसासुना सेल्टा भिगोसँग ३–० ले पराजित भएको छ ।

त्यस्तै, अर्को खेलमा बेटिस र गेटाफेले पनि १–१ को बराबरी खेलेका छन् । 
 





  • प्रकाशित मिति : माघ २२, २०८० साेमबार १०:२१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया