logo-img

६ महिनामा नेपाल भित्रियो ७ खर्ब ३३ अर्ब रेमिट्यान्स

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कुल ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । पुस महिनामा मात्रै नेपालमा करिब १ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणमा  पुस महिनामा १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको उल्लेख छ । साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अवधिमा कुल ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भित्रिएको यो रेमिट्यान्स रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.३ प्रतिशतले बढी हो । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कुल ५ अर्ब ५२ करोड अमेरिकी डलर रेमिट्यान्स भित्रिएको छ । अमेरिकी डलरमा सोही अवधिमा २२.६ प्रतिशतले रेमिट्यान्स वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । 

यो आवको ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० पुगेका छन् । साथै पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ जना रहेका छन् ।

अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिनेको नेपालिको संख्या क्रमशः २ लाख ७५ हजार ६४३ र १ लाख ४२ हजार ५४८ रहेको थियो । 





  • प्रकाशित मिति : माघ २३, २०८० मंगलबार १७:२४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया