logo-img

अध्यागमन अधिकृत खड्कासहित चारजनालाई थुनामा पठाउन आदेश

काठमाडौं जिल्ला अदालतले अध्यागमन अधिकृत नरवीर खड्कासहित चारजनालाई थुनामा पठाउन आदेश दिएको छ । 

फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा पक्राउ परेका अधिकृत खड्का,  मनोज तामाङ लामा, सरोज कुमार यादव र अरुण दाहाललाई थुनामा पठाउन आदेश दिएको हो ।

अदालतका न्यायाधीश कपिलमणि गौतमले मंगलबार थुनछेक बहसपछि उनिहरुलाई थुनामा पठाउन आदेश दिएका हुन् । लामा र  यादव  ट्राभल सञ्चालक हुन् भने दाहाल बिचौलिया हुन्।

अन्य सातजना भने धरौटीमा रिहा हुने भएका छन् । अदालतले गिरोहमा संलग्न गीता शाहसँग ५ लाख,  पदम लामासँग १ लाख, विनोद कार्कीसँग २ लाख, राम प्रसाद भण्डारीसँग ७ लाख, रविन अर्यालसँग १ लाख र दिनेश ज्ञवालीसँग ७ लाख धरौटी माग गरेको हो ।





  • प्रकाशित मिति : माघ २३, २०८० मंगलबार २१:५०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया