logo-img

चित्रबहादुर केसी भन्छन्- संघीयता बोक्नेहरूलाई पनि प्रदेश बोझ भयो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता बोक्नेहरूलाई पनि प्रदेश बोझ भएको बताएका छन् । प्रतिनिधि सभामा बुधबार उनले अहिले यो प्रणाली नै चाहिँदैन भन्ने खालको संकट देखिएको भन्दै यसमा ध्यान दिनुपर्ने बताए । 

उनले भने, ‘अब अहिले देखिएको ठूलो संकट भनेको यो प्रणाली नै चाहिँदैन, यसलाई खारेज गर्नुपर्छ भन्ने हो । राष्ट्रिय जनमोर्चाले भनेको यो मुलुकलाई संघमा नलैजाऊँ, मुलुक सानो छ । संघ र स्थानीय तह भए पुग्छ भनेर कुरा राख्यो अहिले प्रदेश त बोझ भएको छ । सबैलाई भएको छ । संघीयता बोक्नेहरूलाई पनि भएको छ ।’

उनले प्रदेश दलका नेता, कार्यकर्ता थन्क्याउने ठाउँ भएको भन्दै यसमा सबै मिलेर छलफल गर्न आवश्यक भएको बताए । उनले भने, ‘म सुझाव दिन्छु हामी सल्लाह गरौँ । हामीले ल्याएको यो तीन व्यवस्था संघ भएपछि प्रदेश किन चाहियो ? फाइदा भने भएको छ, दलका नेता, कार्यकर्ता थन्काउनलाई ठाउँ भएको छ । तर यसले आर्थिक अवस्था चौपट भएको छ ।’

संसद्को मुख्य काम नीति नियम बनाउने भए पनि व्यवहारमा लागू हुन नसकेको उनको भनाइ छ । उनले भने, ‘संसदको मुख्य काम नीति नियम बनाउने हो । सांसदहरू विकासका एजेन्ट भएका छौँ । काम भने नियम कानुन बनाउने, अर्कोतिर विकासका कामका ठेकेदार, ठेक्कापट्टा हाम्रो जिम्मा । हाम्रो काम नियम कानुन मात्र बनाउने हो, यो कुरा व्यवहारमा लागू भएको छैन ।’





  • प्रकाशित मिति : माघ २४, २०८० बुधबार १५:३५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया