logo-img

क्यानडाविरुद्ध नेपाललाई दोस्रो झड्का, रोहित पनि ८ रनमै आउट

क्यानडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको हो । 

उनी १४.३ ओभरमा व्यक्तिगत ८ रनमा आउट भए । नेपालले पहिलो विकेटको रूपमा आसिफ शेखलाई ९.१ ओभरमा व्यक्तिगत ८ रनमै आउट गुमायो । 

उनलाई उदय भगवानले ८ रनमा क्याच आउट गराए ।  अर्का ओपनिङ ब्याटर कुशल भुर्तेलले भने अर्धशतक पूरा गरेका छन् । उनले  ४४ बलमा आठ चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरे । एकदिवसीय करियरमा भुर्तेलको यो सातौं अर्धशतक हो ।  

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले आज टस जितेर पहिला ब्याटिङ गरिरहेको हो । नेपालले आज दुई खेलाडीलाई डेब्यूको मौका दिएको छ । नेपालले क्यानडाविरुद्ध सूर्य तामाङ र रिजन ढकाललाई डेब्यूको मौका दिएको हो । यी दुवै खेलाडीले हालै सकिएको प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । 

बायाँ हाते स्पिनर सूर्यले ९ खेलमा ३० विकेट तथा बायाँ हाते तीव्र गतिका बलर रिजनले ९ खेलमा १५ विकेट लिएका थिए । उनीहरू दुवैले बागमती प्रदेशको टिमबाट पिएम कप खेलेका थिए । 





  • प्रकाशित मिति : माघ २५, २०८० बिहीबार १०:३६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया