logo-img

नेपाली बजारमा बढ्यो सुनचाँदीको मूल्य

साताको अन्तिम कारोबार दिन आज नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलाको १ लाख १७ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोलामा १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





  • प्रकाशित मिति : माघ २६, २०८० शुक्रबार ११:५५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया