logo-img

तनहुँमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
फाइल तस्बिर

तनहुँमा दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । शुक्रबार बिहान र बिहीबार साँझ भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो । ​शुक्लागण्डकी नगरपालिका–११ कालिकोटस्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा युवकको शुक्रबार बिहान ९ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाछेपानीबाट चिसापानी जाँदै गरेको ग १ त २५३२ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकमा पल्टिई दुर्घटना हुँदा ट्याक्टरमा सवार शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी बस्ने २४ वर्षीय सोमबहादुर परियारको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए । 

यस्तै, तनहुँको शुक्लागण्डकीमै भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीस्थित भित्री सडक खण्डमा साँखेबाट दुलेगौडा जाँदै गरेको ग ७ प ६९२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग १ त ३९९४ नम्बरको ट्याक्टर आपसमा ठक्कर खाँदा दुर्घटना भइ मृत्यु भएको प्रहरीले जनाएको छ ।    

मोटरसाइकल पछाडि सवार तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक बस्ने बर्ष ४५ की पिपलकौरी गुरुङको बिहीबार साँझ घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए । उनका अनुसार ट्याक्टर चालक तथा मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । 





  • प्रकाशित मिति : फागुन ४, २०८० शुक्रबार १६:३३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया