संसदमा एमालेको माग : मन्त्री ज्वालालाई तत्काल बर्खास्त गरियोस्

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बालकुमारी घटनामा जोडिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बर्खास्तीको माग गरेको छ ।  

आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले गत पुस १३ गते बालकुमारीमा प्रहरीको गोलीबाट दुईजना युवाको निधन भएको घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको कमजोरी देखिएको भन्दै मन्त्री प्रकाश ज्वालाको बर्खास्तीको माग गरेका हुन् । उनले सरकारले गठन गरेको छानबिन समितिले मन्त्रीको कमजोरी औंल्याएको भन्दै मन्त्रीलाई अविलम्ब बर्खास्ती गर्नुपर्ने बताए । 

उनले सिपाहीलाई कारबाही गरेर मन्त्रीलाई उन्मुक्ति नदिन सरकारलाई चेतावनी समेत दिए । सचेतक बर्तौलाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आशंकामा छानबिन गरिरहेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । 

उनले आर्थिक अनियमितता र भ्रष्टाचारको आशंकामा भएको व्यक्तिलाई मन्त्रीको रूपमा राखेर प्रधानमन्त्रीको सुशासनको सुँगा रटाइ भाषण सुन्न आफूहरू तयार नभएको बताए ।   





  • प्रकाशित मिति : फागुन ६, २०८० आइतबार १३:१७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया