logo-img

नेत्रविक्रम चन्द ‘विप्लव’ समाजवादी मोर्चाको संयोजक

समाजवादी मोर्चाको संयोजकमा नेपाल कम्युनिष्ट पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ चयन भएका छन् । 

मोर्चाका संयोजक माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले चन्दलाई संयोजक तोकेको मोर्चाका सदस्यसचिव एवं नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए । 

मोर्चाले देशभर गरेका संगठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे समेत बैठकमा छलफल गरेको थियो ।

समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी रहेका छन् । प्रत्येक चार–चार महिनामा आलोपालो नेतृत्व गर्ने समझदारीका साथ मोर्चा गठन गरिएको थियो ।





  • प्रकाशित मिति : फागुन ६, २०८० आइतबार २२:५२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया