logo-img

अमेरिकी एडल्ट फिल्म स्टार काग्नीले गरिन् आत्महत्या

अमेरिकी एडल्ट फिल्म स्टार काग्नी लिन कार्टरले ३६ वर्षको उमेरमा आत्महत्या गरेकी छन् । उनी केही समयदेखि मानसिक स्वास्थ्यको समस्यामा जुधिरहेकी थिइन् । प्रहरीका अनुसार मेडिकल टिमले उनको शव पर्मा सहरको एक घरमा भेट्टाएको थियो ।

शवको अवस्था हेरेपछि प्रहरीले काग्नीले आत्महत्या गरेको हुनसक्ने आकलन गरेको छ । गोफण्डमी पेजनले काग्नीलाई उनको सुन्दरता, नृत्य र गीतका लागि सम्झेको छ । पेजमा उनका दुई साथीले लेखेका छन्, ‘काग्नी निकै दयालु र उदार थिइन् । उनले आफूसँग एक उज्यालो लिएर आएकी थिइन् ।’

द फन्ड्रेसिङ पेजले ‘आफ्नो तमाम प्रभावशाली उपलब्धि र प्रतिभाका बाबजुद जसो–जसो वर्षहरू बित्दै गए, काग्नी मानसिक स्वास्थ्यसम्बन्धी समस्यासँग जुध्दै गइन्’ भनी लेखेको छ ।

काग्नीले सन् २००० पछि देखि नै एडल्ट फिल्म उद्योगमा सक्रियता बढाएकी थिइन् । उनले करियरको सुरुवात एक पोल स्टुडियोबाट गरेकी थिइन् ।





  • प्रकाशित मिति : फागुन ८, २०८० मंगलबार १९:०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया