logo-img

अडेनको खाडीमा दुई अमेरिकी जहाजमाथि हुथी समूहको आक्रमण

यमनको हुथी समूहले अडेनको खाडीमा दुईवटा अमेरिकी जहाजमा आक्रमण गरेको छ । समूहको स्याटेलाइट टिभी च्यानल अल–मासिराहद्वारा प्रशारित टेलिभिजन बयानमा हुथी सैन्य प्रवक्ता याह्या सारियाले अमेरिकी जहाज सी च्याम्पियन र नाभिस फोर्टुनाविरुद्धको आक्रमण रहेको बताएका छन् । 

सारियाकाअनुसार आक्रमणले विगत २४ घण्टामा हुथी अपरेसनको कुल संख्या चार पुगेको छ । पहिलोले बेलायती जहाजलाई निशाना बनाएको थियो । जसको परिणामस्वरूप जहाज पूर्णरूपमा डुबेको थियो ।

हमासमाथि इजरायली आक्रमण र गाजा स्ट्रिपमा प्यालेस्टाइनी जनतामाथिको घेराबन्दी नहटाइएसम्म लाल सागर र अरब सागरमा कारबाही जारी रहने हुथी सैन्य प्रवक्ता सारियाले जनाएका छन् ।   
 





  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार ९:५३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया