नामिबियाको छैटौँ विकेट पतन, कुशललाई दोस्रो सफलता

आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपाललाई छैटौँ सफलता मिलेको छ । नेपाललाई छैटौँ सफलता पनि कुशल भुर्तेलले नै दिलाए । उनले २८.४ ओभरमा जन निकोल लोफ्टी-इटनलाई ५ रनमा आउट गरे ।  

नेपाललाई पाँचौं सफलता पनि भुर्तेलले नै दिलाए । उनले २२औँ ओभरको अन्तिम बलमा गेर्हार्ड इरास्मसलाई ५२ रनमा क्याच आउट गराए । नेपाललाई चौथो विकेट दीपेन्द्र सिंह ऐरीले दिलाए । उनले १७.३ ओभरमा जन फ्राइलिन्स्कलाई ४ रनमा एल्बीडब्लू आउट गरे । नेपाललाई तेस्रो सफलता अलराउन्डर कुशल मल्लले दिलाए । 

उनले १२.१ ओभरमा माइकल भ्यान लिङ्गेनलाई ३१ रनमा विकेटकिपर आसिफ शेखको हातबाट क्याच आउट गराए । नेपाललाई दोस्रो सफलता कप्तान रोहितकुमार पौडेलले दिलाए । उनले ४.१ ओभरमा जेपी कोट्जेलाई तीन रनमा बोल्ड गरे । 

नामिबियाले पहिलो विकेटको रूपमा दोस्रो ओभरको चौथो बलमा निकोलास डेभिनलाई गुमायो । उनलाई दीपेन्द्र सिंह ऐरीले ८ रनमा रनआउट गरे । 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ३७.१ ओभरमा १ सय ६८ रनमा अलआउट भयो । नेपालका लागि आसिफ शेखले अर्धशतकीय पारी खेले ।

उनले ६४ बलमा आठ चौका र एक छक्कासहित ५८ रनको पारी खेलेका हुन् । आसिफको यो १२औँ आडिआई अर्धशतक हो । उनी ओडिआईमा १२ अर्धशतक बनाउने एक्ला नेपाली ब्याटर हुन् ।   



यस्तै, कुशल मल्लले ३६, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ र करण केसीले १२ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नामिबियाका लागि बर्नार्ड स्कोल्ट्ज र जन निकोल लोफ्टी-इटनले चार/चार, गेर्हार्ड इरास्मस तथा ज्याक ब्रासवेलले एक/एक विकेट लिए ।  



  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार १४:१९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया