logo-img

गठबन्धन सरकारप्रति एकीकृत समाजवादीको वृहत् असन्तुष्टि छ : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीको वृहत् असन्तुष्टि रहेको बताएका छन् । बुधबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टी सरकारमा निमित्तमा सहभागी बनेको जिकिर गरे ।

उनले गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको बताए । उनले भने, ‘यो गठबन्धन जसरी चल्नुपर्ने हो, त्यसरी चल्न सकेको छैन । यसमा हाम्रो वृहत् असन्तुष्टि छ ।  मुलुकको अर्थतन्त्र हेर्नुभयो भने त्यस्तै सङ्कटपूर्ण छ । देश वि.सं. १९९५ तिरको डाटा हेर्नुभयो भने त्यति बेला नेपालको जिडिपीमा औद्योगिक क्षेत्रले १४ प्रतिशत योगदान गर्दथ्यो, अहिले ५ प्रतिशत भन्दा कम भएको छ । नेपाल अनुद्योगीतर्फ गइरहेको छ । भएका उद्योग चलेका छैनन्, चलेका उद्योग ३० प्रतिशत भन्दा कम छ । रोजगारी देशमा छैन । देशको नेतृत्वप्रतिको अविश्वासका कारण बाहिर जान बाध्य छन् ।’

उनले देशले नयाँ कोर्षको माग गरिरहेको बताए । उनले देशका आम जनता र राष्ट्रका मागहरूलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्ने उल्लेख गरे । उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा जनतालाई छुन नसकेको बताए ।

खनालले भने, ‘देशले नयाँ कोर्षको माग गरिरहेको छ । देशका आम जनता र राष्ट्रका मागहरूलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्छ । त्यो माग अहिले सर्वत्र व्याप्त छ । सरकारले जस्ता नीति र कार्यक्रम ल्याएको छ । यसले जनतालाई छोएको छैन । सरकारले जुन बजेट ल्याएको छ, यसले जनतालाई छोएको छैन । हाम्रा दुई जना मन्त्रीहरू हुनुहुन्छ, त्यो मन्त्रालयमा बजेट नै छैन के गर्नु ? बजेट दिएको केही गर्नु । उहाँहरूलाई केही गर्न किन सक्नुभएन भन्दा बजेट छैन के गर्नु भन्छन् ।’ 

पूर्वप्रधानमन्त्री खनालले देशमा रोजगारी नहुँदा देशको नेतृत्वप्रतिको अविश्वासका कारण युवाहरू विदेश पलायन भइरहेको बताए । 





  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार १६:९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया