क्यानडाविरुद्ध आशुतोष घिरैया २८ रनमा आउट

क्यानडा–११ विरुद्धको एकदिवसीय सिरिजको निर्णायक खेलमा नेपाल ‘ए’ टिमले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटको रूपमा १२.५ ओभरमा आशुतोष घिरैयालाई गुमाएको हो । 

उनले डेब्यू खेलमा ४३ बलमा ५ चौकासहित २८ रन बनाए । मूलपानी क्रिकेट ग्राउन्डमा जारी खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गरिरहेको हो । नेपाल ‘ए’ ले आज प्लेइङ–११ मा चार खेलाडी परिवर्तन गरेको छ । 

नेपालले आज मयन यादव, विवेकुमार यादव, रिजन ढकाल र किरण ठगुन्नालाई विश्राम दिएर आशुतोष घिरैया, सुजन थपलिया, प्रतिश जिसी र हेमन्त धामीलाई मौका दिएको छ ।    

नेपाल ‘ए’ को कप्तानी आज पनि सन्दीप जोराले नै गर्दैछन् । टिमका नियमित कप्तान विनोद भण्डारी विरामी भएका कारण सन्दीपले कप्तानी गरिरहेका हुन् ।

उनकै नेतृत्वमा सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ ले क्यानडालाई दुई विकेटले हराएको थियो । पहिलो खेलमा भने नेपाल ‘ए’ चार विकेटले पराजित भएको थियो । 

नेपालको प्लेइङ–११ : अर्जुन कुमाल (विकेटकिपर), आशुतोष घिरैया, सन्दीप जोरा (कप्तान), सुजन थपलिया, बसिर अहमद, राशिद खान, शेर मल्ल,  प्रतिश जिसी, सागर ढकाल, शाहब आलम र हेमन्त धामी ।  



बेन्च : विनोद भण्डारी, रिजन ढकाल, विवेककुमार यादव, किरण ठगुन्ना र मयन यादव ।  

क्यानडा इलाभेनको प्लेइङ–११ : आरोन जोन्सन, नवनित धालिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जफर (कप्तान), सृमन्थ विजयरत्ने, निखिल दत्त, अमर खालिद, कलीम साना र दिलप्रित बज्वा ।  



बेन्च : श्रेयस मोम्भा, प्रगत सिंह, उदय भगवान सिंह र सहिद अहमदजाई ।  

  • प्रकाशित मिति : फागुन १०, २०८० बिहीबार १०:३३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया