क्यानडाविरुद्ध नेपाल ‘ए’ लाई दोस्रो झड्का, शेर मल्ल शून्यमै आउट
शेर मल्ल, तस्बिर : क्यान

क्यानडा–११ विरुद्धको एकदिवसीय सिरिजको निर्णायक खेलमा नेपाल ‘ए’ टिमले दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटको रूपमा १४.२ ओभरमा शेर मल्ललाई शून्यमै गुमाएको हो । उनी निकोलस किर्तनको बलमा शून्यमै​ एल्बीडब्लू धरापमा परे ।  

नेपालले पहिलो विकेटको रूपमा १२.५ ओभरमा आशुतोष घिरैयालाई गुमायो । उनले डेब्यू खेलमा ४३ बलमा ५ चौकासहित २८ रन बनाए । आशुतोष क्यानेडियन कप्तान सादबिन जाफरको बलमा स्टम्पिङ आउट भए ।  

आशुतोष घिरैया

मूलपानी क्रिकेट ग्राउन्डमा जारी खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गरिरहेको हो । यो समाचार तयार पार्दासम्म नेपालले १७ ओभरमा दुई विकेट गुमाएर ७१ रन बनाएको छ । नेपाल ‘ए’ ले आज प्लेइङ–११ मा चार खेलाडी परिवर्तन गरेको छ । 

नेपालले आज मयन यादव, विवेकुमार यादव, रिजन ढकाल र किरण ठगुन्नालाई विश्राम दिएर आशुतोष घिरैया, सुजन थपलिया, प्रतिश जिसी र हेमन्त धामीलाई मौका दिएको छ । तीन खेलको सिरिज १–१ को अवस्थामा छ ।   





  • प्रकाशित मिति : फागुन १०, २०८० बिहीबार १०:४२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया