परराष्ट्रमन्त्री साउद राम मन्दिर दर्शन गर्न आज अयोध्या जाँदै
फाइल तस्बिर

रायसिना डायलगमा भाग लिन भारत पुगेका नेपालका परराष्ट्रमन्त्री नारायण प्रकाश साउद (एनपी) आज अयोध्यास्थित राम मन्दिरको दर्शन गर्न जान लागेका छन् । 

उनले अयोध्याको बहुचर्चित राम जन्मभूमिस्थित राम मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेको उनको सचिवालयले बताएको छ । राम मन्दिर दर्शन गर्ने मन्त्री साउद नेपाल सरकारका पहिलो प्रतिनिधि पनि हुने छन् । 

मन्दिर क्षेत्रमा परराष्ट्रमन्त्री साउदलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासिचव चम्पत रायसहितका अन्य पदाधिकारीहरूले स्वागत गर्ने जनाइएको छ । परराष्ट्रमन्त्री साउदले राम मन्दिरमा चाँदीले बनाइएको तीर धनुष, गदा, र अन्य शृगांरका सामाग्रीहरु चढाउने छन् । 

परराष्ट्रमन्त्रि साउद आजै साँझ सरयु घाटमा हुने आरतिमा समेत सहभागी हुनेछन् भने उनले अयोध्यामै रहेको हनुमानगढी मन्दिरमा पनि पूजा गर्ने र आजै अयोध्यास्थित नेपाली मन्दिरमा पनि पूजा अर्चना र दर्शन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी गराएको छ ।  





  • प्रकाशित मिति : फागुन १२, २०८० शनिबार १०:४२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया