logo-img

रामहरि खतिवडाको आरोप- पर्यटनमन्त्री किराती सस्तो लोकप्रियताका पछि लागे

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पर्यटनमन्त्री सुदन किराती सस्तो लोकप्रियताको पछि लागेको आरोप लगाएका छन् । 

आइतबारको प्रतिनिधिसभा बैठकमा उनले मन्त्री किरातीले कार्यालय सफा गरिरहेको भिडियो सार्वजनिक भएको विषयमा बोल्दै झाडु र क्यामरा लिएर मन्त्रालयमा छिर्ने र सस्तो लेकप्रियताका लागि तस्बिर सार्वजनिक गर्ने पद्धतिको विकास गरेको आरोप लगाए । 

उनले भने, ‘मन्त्रीज्यू असाध्यै सुधार गर्न लागेको आभास भएको छ । एउटा झाडु र क्यामरा लिएर मन्त्रालयमा प्रवेश गरेर फोटो बाहिर ल्याउने पद्धतिको विकास भएको छ । यसरी मुलुक कहाँ जाने हो ? सस्तो पपुलिजमको लागि आफ्नो मन्त्रालय सफा गरेको भिडियो हाल्देपछि हुन्छ ।’

खतिवडाले मन्त्री किरातीले अहिले प्रोडक्सनमा नै नभएको जहाज किन्ने बाहानामा झन्डै १८ करोड रुपैयाँ कमिसन खाने खेलमा लागेको समेत आरोप लगाए । 

उनले भने, ‘भर्खरै वर्तमान पर्यटन मन्त्रीले ६२ जना नयाँ कर्मचारीहरूलाई करार र ज्यालाजारीमा नियुक्ति गरेर राखिएको छ । हाजिर गरेर पुग्ने गरी के गर्ने थाहा छैन । यसका बाबजुद मन्त्री नयाँ प्लेन किन्नुपर्‍यो भनेर लाग्नुभएको छ । थ्रि हन्ड्रृेड जी भन्ने एउटा प्लेन ल्याइँदै छ । जुन अहिले प्रोडक्सनमा छैनन् । त्यसमा ल्याएर झन्डै १८ करोड नेपाली पैसा कमिसन खाने खेलमा सुरु भएको  सूचना प्राप्त भएका छन् ।’

सांसद खतिवडाले दुई तारे होटेललाई चार तारेको अनुमति दिने खेलमा किराती लागेको पनि जिकिर गरे । किरातीले कामको आधारमा नभई दामको आधारमा नियुक्ति गरेको उनको टिप्पणी छ ।





  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार १५:२७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया