logo-img

सुर्खेतमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एकजना गम्भीर घाइते

सुर्खेतको सिम्तामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ ।

अस्थायी प्रहरी पोष्ट बादेपिपलका प्रहरी जवान वीरेन्द्र विकका अनुसार मृत्यु हुनेमा मोटरसाइकल सवार वीरेन्द्रनगर नगरपालिका–३, एरिचोकका २८ वर्षीय विजय राना रहेका छन् ।  

यस्तै, दुर्घटनाका अर्का युवक घाइते भएका छन् । मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–१, ढोडेखालीका २३ वर्षीय रूपेश गिरीको अवस्था गम्भीर छ । 

सिम्ता गाउँपालिका–६, जामुनेबजारमा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा रानाको मृत्यु भएको र  गिरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ सल्यानको सल्लीबजारबाट सुर्खेतको गोजी बजारतर्फ जाँदै गरेको बा९५प ५२९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भे१त४५ नम्बरको ट्याक्टर आपसमा ठोक्किएका थिए । फरार ट्याक्टर चालक र साहुको खोजी भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन १४, २०८० साेमबार ६:४१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया