logo-img

नामिबियाको तेस्रो विकेट पतन, रोहितलाई दोस्रो सफलता
फाइल तस्बिर

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नामिबियाविरुद्ध नेपाललाई तेस्रो सफलता पनि कप्तान रोहितकुमार पौडेलले दिलाएका छन् । टिमलाई तेस्रो सफलता दिलाउनेक्रममा उनले १०.४ ओभरमा जन फ्राइलिन्सकलाई ५ रनमा बोल्ड गरे । 

नामिबियाको दोस्रो विकेट पनि रोहितले नै लिएका थिए । उनले ८.२ ओभरमा जेपी कोट्जेलाई ११ रनमा आउट गरे । उनलाई आउट गर्नेक्रममा विवेककुमार यादवले उत्कृष्ट क्याच पक्रिए । नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर करण केसीले दिलाए । उनले छैटौँ ओभरको अन्तिम बलमा माइकलभाल लिङ्गेनलाई २० रनमा क्याच आउट गराए ।  

नेपालले आज टस हारेर पहिला फिल्डिङको मौका पाएको हो । टी–२० अन्तर्राष्ट्रियमा नेपाल र नामिबिया पहिलोपटक एकअर्काविरुद्ध खेलिरहेका हुन् । दुवै टिम आज पहिलो भेटमै खेल जित्दै इतिहास रच्न चाहन्छन् ।

नेपाल घरेलु मैदानको फाइदा उठाउँदै नामिबियालाई स्तब्ध पार्ने दाउमा छ । उता पाहुना टिम नामिबिया आफ्नो लय कायमै राख्दै नेपाललाई हराउने योजनामा छ ।    
 





  • प्रकाशित मिति : फागुन १५, २०८० मंगलबार १२:२१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया