logo-img

बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु
प्रतीकात्मक तस्वीर

मकवानपुरको बकैया गाउँपालिका–७ को  मानदमारमा एक बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका वडा सदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले राससलाई जानकारी दिए । 

मंगलबार दिउँसो १ः३० बजे आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा एक्कासि बिजुलीको पोल ढल्दा लागेर उनी सख्त घाइते भएपछि उपचारका लागि हेटौंडास्थित चुरेहिल अस्पतालमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि मंगलबार अपरान्ह भरतपुरस्थित मेडिकल कलेज लगिएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको उनले जानकारी दिए ।    

मृतक तितुङको शव हाल सोही अस्पतालमा राखिएको र घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । 





  • प्रकाशित मिति : फागुन १६, २०८० बुधबार १३:२८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया