logo-img

विरोध प्रदर्शन गर्न नदिएको भन्दै विरोध, गृहमन्त्रीको राजीनामा माग

माइतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले विरोध प्रदर्शन गरेको छ । बुधबार डिल्लीबजारमा भेला भई उनीहरूले भद्रकालीमा पुगी आन्दोलन गरेका हुन् । 

उनीहरूले निषेधित क्षेत्रको नाममा जनताको आवाज बन्द नगर्न सरकारलाई चेतावनी दिएका छन् । प्रदर्शनकारीहरूले गृहमन्त्रीको राजीनामा समेत माग गरेका छन् । प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो । 

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र खुला गर, लोकतन्त्रमा जनताको आन्दोलन गर्ने अधिकार रक्षा गर, निषेधित क्षेत्रको नाममा हाम्रो मुख बन्द गर्न पाइँदैन, निषेधित क्षेत्र खारेज गर, राष्ट्रिय मुक्ति क्रान्ति, हामीलाई रोक्ने तिमी को हो ? गृहमन्त्री राजीनामा दे लगायतका प्लेकार्ड र नारा लगाइ विरोध प्रदर्शन गरेका हुन् । 

 





  • प्रकाशित मिति : फागुन १६, २०८० बुधबार १६:२४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया