logo-img

देउवालक्षित पर्यटनमन्त्रीको टिप्पणी : ‘सातपटक प्रधानमन्त्री भइसक्दासमेत अत्तोपत्तो छैन’
फाइल तस्बिर

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लक्षित अमर्यादित (भद्दा) टिप्पणी गरेका छन् । बिहीवार वायुसेवा सञ्चालक संघ, नेपालको २३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा सात पटकसम्म प्रधानमन्त्री हुनेकुरा चिनामै लेखिसकेको भन्दै अमर्यादित टिप्पणी गरेका हुन् ।

सार्वजनिक कार्यक्रममै मन्त्रीले पूर्वप्रधानमन्त्री लक्षित भद्दा टिप्पणी गर्नु आफैंमा अशोभनीय हो । तर, नेपाली राजनीति वृत्तमा यस प्रकारका घटनाक्रमलाई सामान्यरूपमा लिने गरिन्छ । कार्यक्रममा किरातीले वायुसेवा सञ्चालक संघ, नेपालमा क्याप्टेन रामेश्वर थापाले चार पटकसम्म संघको नेतृत्व गरेको प्रसंग निकाल्दै नेपालमा सबै पदहरू लामै खाने चलन रहेको टिप्पणी गरे । 

नेपालमा मन्त्री पनि लामो समयसम्म भइरहन पाए हुने र प्रधानमन्त्री पनि सात पटकसम्म चिनामा देखि नै सक्यो भन्दै मन्त्री किरातीले आफ्नो धारणा राखे । पछिल्लो वाक्यमा केही वाक्यांश मिलाएर उनले कतिपय स्थानमा आवश्यकता र बाध्यताले पनि हुनसक्ने बताए । मन्त्री किरातीले वायुसेवा सञ्चालक संघ, नेपालमा सर्वसम्मतीले नेतृत्व चयन भएको भन्दै उनले पद छोड्नेले सानो मन गर्न नहुनेसमेत बताए ।    

उनले हवाई क्षेत्रबिना पर्यटनको परिकल्पना गर्न नसकिने बताए । मन्त्री किरातीले नेपालमा निजी क्षेत्रको व्यवसाय र लगानी भएपनि बजारमुखी नभएको जिकिर गरे । उनले ऐन, कानुन परिमार्जन गरी प्रणालीमा सुधार गर्नसके पर्यटन क्षेत्रमा धेरै ठूलो फड्को मार्नसक्ने बताए ।  





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार १०:४१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया