logo-img

संसदमा सत्तापक्षकै सांसदको प्रश्न- कृषिमन्त्री कहाँ हुनुहुन्छ ?
फाइल तस्बिर

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले कृषिमन्त्री डा. बेदुराम भुसालको खोजी गरेका छन् । 

शुक्रबार प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै उनले किसानले मूल्य नपाएर दूध सडकमा फालिरहँदा पनि केही गर्न नसकेको भन्दै त्यसबारे संसदमा तत्काल जवाफ दिन कृषिमन्त्री भुसालसँग माग गरे । उनले मिटरब्याज पीडितको समस्या तत्काल समाधान गर्न पनि सरकारलाई दबाब दिए । 

कानुन निर्माण गरिसक्दा पनि सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न नसकेकोमा सांसद बडूको आपत्ति थियो । उनले दूध किसान र मिटरब्याज पीडितको समस्या समाधानका लागि भइरहेको कार्यबारे तत्काल संसदलाई जानकारी गराउन पनि सरकारलाई सचेत गराए ।  

सांसद बडूले मिटरब्याज सम्बन्धी कानुनमा कुनै त्रुटी भए तत्काल सच्याउन पनि सरकारको ध्यानाकर्षण गराए । 





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार १४:३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया