logo-img

अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको कुनै योजना छैन : राष्ट्रपति पुटिन

रुसले अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने कुनै योजना नबनाएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । शुक्रबार देशको सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा उनले सो कुरा बताएका हुन् ।

‘हामीले पहिले नै अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने भन्ने निराधार हल्लाको झूटा आरोपहरूबारे स्पष्ट पारिसकेका छौं, यी पश्चिमाहरूले चलाएको हल्लामात्र हो,’ राष्ट्रपतिलाई उद्धृत गर्दै क्रेमलिनले भनेको छ । 

बिहीबार आफ्नो वार्षिक स्टेट अफ नेशन सम्बोधनमा राष्ट्रपति पुटिनले त्यस्ता आरोपहरूलाई ‘निराधार’ र ‘नक्कली कथा’ मात्र भएको उल्लेख गरेका थिए । 

रुसले आणविक अन्तरिक्ष हतियारको विकासमा काम गरिरहेको अमेरिकी गुप्तचर तथ्याङ्कले खुलासा गरेको दाबी गर्ने पश्चिमी सञ्चार माध्यमको हल्लापछि यस्तो प्रतिक्रिया आएको हो । 





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार २३:०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया