logo-img

एकैदिन सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढ्यो

साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामै २ हजार रुपैयाँ बढेको छ । चाँदी पनि तोलामा २० रुपैयाँ बढेर आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ कायम रहेको सुन आइतबार १ लाख २१ हजार रुपैयाँ पुगेको  हो । 
आज तेजावी सुन तोलामा १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
 
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य उच्च दरमा बढ्दा आइतबार नेपाली बजारमा त्यसको प्रभाव देखिएको छ । आज अघिल्लो कारोबार दिनको तुलनामा चाँदी तोलामा २० रुपैयाँ वृद्धि भएकर आएको छ । शुक्रबार तोलाको १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज  १ हजार ४१० रुपैयाँ कायम भएको छ ।
 





  • प्रकाशित मिति : फागुन २०, २०८० आइतबार ११:५२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया